कति पुग्यो पेट्रोलको मूल्य?

नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। शनिबारदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो।
आज जारी गरिएको विज्ञप्तिअनुसार, डिजेल र मट्टितेलको मूल्य भने घटाइएको छ।
साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रति लिटर १ रुपैयाँले कमी गरिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस