Techie IT
२०८३ भाद्र २८, आइतबार

नेप्से ९.७० अंकले घट्यो, कारोबार ५ अर्ब २० करोडमा सीमित


साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। बजार बन्द हुँदा नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा झरेको हो।

कारोबार रकममा पनि गिरावट देखियो । आज १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भई कुल ५ अर्ब २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन भने ५ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो।

आज कारोबारमा आएका कुल कम्पनीमध्ये ५९ वटा कम्पनीको मूल्य बढ्यो भने १८८ वटा कम्पनीको घट्यो। दुई कम्पनीको मूल्य स्थिर रह्यो।

बुधबार सर्वाधिक कमाउनेमा विकास हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२१.३० रुपैयाँमा पुगेको छ। त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य ७.४२ प्रतिशत, सगरमाथा जलविद्युत्को ३.८४ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावरको ३.७४ प्रतिशत बढेको छ।

उता, पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको मूल्य ९.०३ प्रतिशत घटेर ४०८.६८ रुपैयाँमा झर्‍यो। अपर स्याङ्गे हाइड्रोपावर ४.६ प्रतिशत, अपर हेवाखोला ३.४ प्रतिशत र युनाइटेड इदी मर्दी ३.०९ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीले २५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार गर्‍यो। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सले २१ करोड ७६ लाख र चन्द्रागिरि हिल्सले १९ करोड ४० लाख रुपैयाँको कारोबार गरेका छन्।

समूहगत सूचक हेर्दा होटल तथा पर्यटन समूह २.०३ प्रतिशत बढेर सबैभन्दा अगाडि रह्यो । उता, व्यापार समूह १.०६ प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लाग्यो भने बाँकी समूहहरूमा भने गिरावट १ प्रतिशतभन्दा कम रह्यो— बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशतले घटेका छन् ।

आज सर्वाधिक कारोबार भएका पाँच कम्पनी क्रमशः नेपाल पुनर्बिमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट