Techie IT
२०८३ असार ३२, बिहीबार

हालसम्मकै उच्च रेमिट्यान्स भित्रियो, गत आवमा १९.२ प्रतिशतले वृद्धि


File photo

काठमाडौं, ८ भदौ । आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च रेमिट्यान्स आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो।

अघिल्लो आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। सो वर्षमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।

समीक्षा वर्षको असार महिनामा मात्रै एक खर्ब १८ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको असारमा सो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि दर १४.५ प्रतिशत थियो।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ। पुनः श्रम स्वीकृति लिने संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ। अघिल्लो वर्ष यो क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ थियो।

खुद द्वितीय आयसमेत १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यो १५ खर्ब ७१ अर्ब २४ करोड थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट