Techie IT
२०८२ चैत्र १७, मंगलबार

साताको पहिलो दिन सेयर बजारमा गिरावट, नेप्से ३१ अंकले झर्‍यो


साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंकले घट्दै १.१२ प्रतिशतले तल झरेको छ।

कारोबार सुरु भएपछि नै रातो अंकमा रहेको बजार अन्तिम समयसम्म सोही अवस्थामा रह्यो। आज ६ अर्ब ६ करोडको कारोबार भएको छ भने अघिल्लो दिन बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएको थियो।

आज २१ कम्पनीको मूल्य बढ्दा २२८ कम्पनीको घट्यो र १ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत सूचकमा सबैभन्दा धेरै विकास बैंक १.५९ प्रतिशतले घट्यो। त्यसपछि हाइड्रोपावर १.४७, माइक्रोफाइनान्स १.३८, फाइनान्स १.३०, निर्जीवन बीमा १.१३, बैंकिङ ०.८८, होटल तथा पर्यटन १.०७, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, लगानी १.०४, अन्य १.२४ र व्यापार ०.३८ प्रतिशतले घटेका छन्।

कम्पनीगत रूपमा उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशतले बढेको छ। आशा लघुवित्त ४.१६, समता लघुवित्त २.६४ र मिड सोलु १.८७ प्रतिशतले बढे। तर, नेपाल रिपब्लिक मिडियाको मूल्य ७.४५ प्रतिशतले घट्दै सबैभन्दा ठूलो गिरावट देखियो। छ्याङ्दी हाइड्रोपावर ७.०७ र पिपुल्स पावर ५.४१ प्रतिशतले घटेका छन्।

आज सर्वाधिक कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया र पिपुल्स पावर रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट