सुनचाँदीको मूल्य नयाँ उचाइमा, तोलामा सुन रु २ लाख १२ हजार पुग्यो

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला रु २ लाख १० हजारमा कारोबार भएको सुनको मूल्य आज रु २ हजारले वृद्धि भई प्रतितोला रु २ लाख १२ हजार पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेर आज प्रतितोला रु २ हजार ५०० कायम भएको महासंघले जनाएको छ ।
गत बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ७ हजार ९०० र चाँदीको मूल्य प्रतितोला रु २ हजार ४८० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस