स्थानीय बजारमा सुन–चाँदीको मूल्य वृद्धि

स्थानीय बजारमा शुक्रबार (आज) सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ। शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला २ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६० रुपैयाँले बढेर प्रतितोला २ हजार ५ सय ६५ रुपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३ हजार ६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस