सुन–चाँदीको मूल्यमा वृद्धि, चाँदी फेरि नयाँ रेकर्डमा

काठमाडौं । पछिल्ला केही दिनयता चाँदीको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड कायम गरिरहेको छ। गत शुक्रबार प्रतितोला २,५६५ रुपैयाँ पुगेको मूल्य आइतबार २,५७० र आज सोमबार बढेर २,५७५ रुपैयाँ पुगेको हो।
सुनको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढ्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ।
यसअघि गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस