आजको तरकारी–फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार तरकारीतर्फ गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) रु ८०, आलु रातो (स्थानीय) रु ५३, आलु रातो (भारतीय) रु ३८, प्याज सुकेको (भारतीय) रु ३८, गाजर (लोकल) रु १२०, बन्दा रु ६०, काउली रु ५०, घिउसिमी रु ९०, भिण्डी रु ६५, ब्रोकाउली रु १४०, च्याउ (कन्य) रु १६०, च्याउ (डल्ले) रु ३२०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १००० कायम भएको छ।
त्यसैगरी, अन्य तरकारीमा कुरिलो प्रतिकिलो रु ४५०, जिरीको साग रु १२०, सेलरी रु ४००, पार्सले रु ११००, पुदिना रु ९००, गुन्द्रुक रु ३००, रायोसाग र तोरीको साग प्रतिकिलो रु १०० तोकिएको छ।
फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३८०, केरा (दर्जन) रु १३५, कागती रु १५०, अनार रु ३५०, तरबुजा रु ६०, जुनार रु २५०, नास्पाती (चाइनिज) रु २२०, किबी रु ४००, आभोकाडो रु ३०० र सरिफा रु १३० तोकिएको छ।
त्यस्तै, मसला तथा अन्यमा अदुवा प्रतिकिलो रु १२०, लसुन सुकेको (नेपाली) रु १६०, लसुन सुकेको (चाइनिज) रु २२०, हरियो धनियाँ रु ८०, खुर्सानी अकबरे रु २००, सुकेको खुर्सानी रु ४००, छ्यापी सुकेको रु २००, हरियो छ्यापी रु २५०, सुकेको माछा प्रतिकिलो रु १००० र ताजा माछा (रहु) रु ३५० कायम भएको समितिले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस