Techie IT
२०८२ असोज ३, शुक्रबार

अब अन्तर्राष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी गर्न सकिने


नेपाल सरकारले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई राजस्व व्यवस्थापन सूचना प्रणालीसँग एकीकृत गरी विदेशमा रहेका नेपाली र नेपाल आउने पर्यटकलाई राजस्व तिर्न सहज बनाएको छ।

महालेखा नियन्त्रक कार्यालयले यो प्रणाली लागू गरेपछि अब भिसा, मास्टरकार्ड र अलिपेजस्ता कार्डमार्फत राजस्व भुक्तानी गर्न सकिने भएको छ।

अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा सेवाको शुभारम्भ गरेपछि भुक्तानी प्रक्रिया थप सरल भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेले जानकारी दिए। उनका अनुसार यो प्रणालीले सेवा प्रवाहलाई कागजरहित, व्यक्तिरहित र नगदरहित बनाएको छ र चौबीसै घण्टा उपलब्ध गराउँछ।

प्रारम्भिक चरणमा यो सेवा अध्यागमन विभागमा सुरु गरिएको छ। यसले मानिसहरूले भिसा शुल्क भुक्तानी गर्न र नेपाल आउने पर्यटकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा सहजता पाउनेछन्। प्रवक्ता लामिछानेले आगामी दिनमा सरकारका अन्य निकायमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको बताए।

सरकारले यस कदमबाट राजस्व सङ्कलन छिटो, पारदर्शी र अन्तर्राष्ट्रिय पहुँचयुक्त बनाउने तथा देशमा डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने विश्वास लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट