Techie IT
२०८२ असोज ४, शनिबार

काभ्रेमा सहकारी ठगी : २६ पक्राउ, ६७ सञ्चालक अझै फरार


काभ्रेपलान्चोकका विभिन्न सहकारीमार्फत रकम अपचलन गरेको आरोपमा २६ जना सञ्चालक पक्राउ परेका छन् भने ६७ जना अझै फरारको सूचीमा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हालसम्म आठ सहकारीका ९९ सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता भएको छ। बनेपास्थित पुण्यश्वरी सहकारीमा रु ३ करोड ८० लाखभन्दा बढी, गरुड सहकारीमा रु १४ करोडभन्दा बढी र युनिटी सहकारीमा रु ३ करोड ५० लाखभन्दा बढी बचत फिर्ता नभएको खुलेको प्रहरीले जनाएको छ।

हालै बनेपास्थित अग्नि बचत तथा ऋण सहकारी संस्थामार्फत रु २४ करोड ९७ लाखभन्दा बढी ठगी गरेको अभियोगमा ३३ जना विरुद्ध मुद्दा दायर भएको छ। तीमध्ये ६ जना पक्राउ परेका छन् भने अध्यक्ष रवीन्द्र श्रेष्ठसहित २७ जना फरार छन्।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार थप सहकारीविरुद्ध पनि अनुसन्धान जारी छ। पछिल्लो वर्षदेखि सहकारी ठगीसम्बन्धी उजुरी बढ्दै गएको प्रहरीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट