Techie IT
२०८३ भाद्र २८, आइतबार

नेप्से सूचकांक गणनामा १५ मिनेटको समय हटाउने तयारी


अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेप्से सूचकांक गणनामा लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका छन्। मन्त्रीको निर्देशनपछि सेबोनले शनिबारै सञ्चालक समिति बैठक राखी ६ महिनाअघि लागू गरिएको व्यवस्था उल्टाउने तयारी गरेको हो।

जेनजी आन्दोलनपछि खुलेको बिहीबारको सेयर बजारमा तीनपटक नकारात्मक सर्किट लागेपछि लगानीकर्ता र ब्रोकरहरूले १५ मिनेटको औसत मूल्य गणना हटाउन माग गर्दै आएका थिए।

नेप्सेका सीईओ चुडामणि चापागाईंले क्लोजिङ प्राइसमा भारित औसत मूल्य कायम गर्ने प्रणाली हटाउने प्रस्ताव सेबोनमा पठाएका थिए। प्रारम्भमा खराब वित्तीय अवस्था भएका कम्पनीको मूल्य कृत्रिम रूपमा बढ्न नदिन यो नियम ल्याइएको भए पनि निरन्तर ओरालो लागिरहेको बजारबीच लगानीकर्ताले यसको विरोध गर्दै आएका छन्।

७ चैत २०८१ देखि लागू भएको यस प्रावधान अन्तर्गत २ः४५ देखि ३ बजेबीचको कारोबार मूल्यको औसतलाई अन्तिम मूल्य मानिन्थ्यो। तर, लगानीकर्ताको चर्को दबाबपछि सरकारले यो व्यवस्था हटाउने संकेत दिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट