Techie IT
२०८३ भाद्र २८, आइतबार

सुनको मूल्य तोलामा २ लाख २१ हजार नाघ्यो


एकपछि अर्को गर्दै सुनको मूल्य वृद्धि भइरहेको छ। मंगलबार सुनको मूल्य तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य ३ हजार ९०० रुपैयाँले बढेको हो। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो।

हाल कायम भएको मूल्य सुनको लागि सर्वोच्च रेकर्ड हो। सोमबारको मूल्य पनि यसअघि रेकर्डकै रूपमा रहेको थियो।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोलामा २ हजार ६६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट