Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

काठमाडौँ उपत्यकामा उद्धारका लागि नि:शुल्क हेलिकप्टर सेवा


काठमाडौँ उपत्यकाभित्र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आएमा सदस्य वायुसेवा कम्पनीहरूले नि:शुल्क सेवा प्रदान गर्ने घोषणा वायुसेवा सञ्चालक संघले गरेको छ।

शनिबार संघका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्। गृह मन्त्रालयले पनि हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ । संघका अनुसार सबै कम्पनीहरूले हाल हेलिकप्टर तयारी अवस्थामा राखिसकेका छन् ।

विज्ञप्तिमा भनिएको छ:
"काठमाडौँ उपत्यकाभित्र हुने विपदजन्य घटनामा सदस्य वायुसेवा कम्पनी (हेलिकप्टर) हरूले नि:शुल्क उद्धार गर्ने तथा उद्धार कार्यमा समन्वय गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंलाई समन्वय अधिकारी तोक्न आग्रह गर्दै, समन्वय अधिकारीको निर्देशनअनुसार उद्धार कार्य गर्ने जानकारी दिइन्छ।"



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट