Techie IT
२०८२ असोज २२, बुधबार

जेनजी आन्दोलनले पर्यटनमा ठूलो क्षति, विदेशी पर्यटक आगमन १८% घट्यो


नेपालमा जेनजी आन्दोलनले पर्यटन उद्योगमा ठूलो क्षति पुर्‍याएको छ। शुसासनका लागि गरिएको आन्दोलन विधवंसमा परिणत हुँदा देशको अर्थतन्त्रमा नकारात्मक असर देखिन थालेको छ। यसैबीच, पर्यटक सिजनमै विदेशी पर्यटक आगमनमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या अघिल्लो वर्षको सेप्टेम्बर (९६ हजार ३ सय २ पर्यटक) को तुलनामा १८.३ प्रतिशतले कम हो। गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल प्रवेश गरेका थिए।

देशअनुसारको विवरण अनुसार, भारतबाट १५ हजार ५५६, चीनबाट ५ हजार २३७, अमेरिकाबाट ९ हजार ६७९, श्रीलङ्काबाट ३ हजार १५ र बङ्गलादेशबाट २ हजार २३० पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार, आन्दोलनका कारण उत्पन्न अस्थिर परिस्थितिले विदेशी पर्यटकलाई नेपाल भ्रमणमा नआउन बाध्य बनाएको हो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट