Techie IT
२०८२ मंसिर २१, आइतबार

अन्तत भोटेकोशी जेन–जीले सित्तैमा पायो १० प्रतिशत शेयर


‘जेनजी आन्दोलन’को नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका स्थानीय समूहले दबाब दिएपछि भोटेकोशी पावर कम्पनीले भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर नि:शुल्क हस्तान्तरण गरेको छ।

‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ नामक स्थानीय समूहले ४५ मेगावाट क्षमताको अपर भोटेकोशी जलविद्युत् आयोजनामा १० प्रतिशत शेयर माग्दै एक महिनादेखि आयोजना बन्द गराएको थियो।

आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच सम्झौता भएपछि आयोजना पुनः सञ्चालनमा आएको छ। सम्झौता पत्रमा जेन–जी पब्लिक इन्भेष्टमेन्टका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका सचिव विश्वमोहन कर्माचार्यलगायतले हस्ताक्षर गरेका छन्।

यसअघि नै राजनीतिक दलका प्रतिनिधिहरूको रोहबरमा आयोजनाले स्थानीयवासीलाई ६ प्रतिशत शेयर दिने सहमति गरेको थियो। तर भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’ नामक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत शेयर नि:शुल्क दिन माग गरेको थियो।

कम्पनीले शेयर दिन तयार भए पनि नि:शुल्क दिन नसकिने अडान लिएपछि आयोजनाको काम अवरुद्ध भएको थियो। अन्ततः आइतबार भएको सम्झौताअनुसार कम्पनीले १० प्रतिशत शेयर नि:शुल्क हस्तान्तरण गर्न सहमति जनाएको हो।

सम्झौता पत्रमा भनिएको छ, “भोटेकोशी पावर कम्पनी प्रा. लि. (दोस्रो पक्ष) ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजना क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी गठन गरिएको ‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड’ लाई दिने सहमति गरेको छ। सो १० प्रतिशत शेयर सन् २०७१ सालको प्रारम्भिक सम्झौतामा तोकिएको ६ प्रतिशतमा ४ प्रतिशत थप गरी कायम गरिनेछ।”

सम्झौतापत्र



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट