Techie IT
२०८३ कार्तिक १६, आइतबार

६ अर्ब डलर चोरी प्रकरण: बाइनान्सले ९५% रकम फिर्ता ल्यायो


विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले साइबर आक्रमणबाट चोरी भएको ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्तिमध्ये ९५ प्रतिशत रकम सफलतापूर्वक फिर्ता ल्याएको छ। रकम फिर्ता भएसँगै कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई चरणबद्ध रूपमा रकम झिक्न (विथड्र गर्न) दिने निर्णय गरेको छ।

बाइनान्सका अनुसार आइतबार बिहान ६ देखि ९ बजेसम्म (जीएमटी) पहिलो चरणअन्तर्गत बिटक्वाइन, इथेरियम, बीएनबी, सोलाना, एक्सआरपी र डजक्वाइनलगायतका प्रमुख क्रिप्टोकरेन्सीको निकासी खुला गरिनेछ। बाँकी ५ प्रतिशत चोरी भएको सम्पत्ति भने कम तरलता (लिक्विडिटी) भएका टोकनहरूमा रहेकाले आवश्यक परिमाण जुटाउन थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ।

यसैबीच, अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले शनिबार उक्त ठूलो साइबर आक्रमणमा उत्तर कोरियाको राज्य-समर्थित ह्याकर समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको खुलासा गरेको छ। एफबीआईका अनुसार सो समूहका सदस्यहरूले चोरी गरिएको सम्पत्तिलाई इथेरियममा रूपान्तरण गरेका थिए।

साथै, चोरी भएको रकमलाई विभिन्न जटिल प्रविधिको प्रयोग गरी शुद्धीकरण (मनी लाउन्ड्रिङ) गर्ने प्रयास हुन सक्ने चेतावनी दिँदै एफबीआईले सतर्कता अपनाउन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट