घट्यो पेट्रोलको मूल्य, डिजेलको कति ?

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ र बाँकी क्षेत्रमा १५६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
त्यसैगरी, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस