Techie IT
२०८२ मंसिर २६, शुक्रबार

प्राधिकरणद्वारा बक्यौता नतिर्ने उद्योगको लाइन काटिँदै, यी ६ ठूला उद्योग प्रभावित


नेपाल विद्युत् प्राधिकरणले विगतको लोडसेडिङ अवधिमा डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका उद्योगहरूको लाइन काट्न थालेको छ।

प्राधिकरणले मङ्गलबार बिहानदेखि जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सका विद्युत् लाइन काटेको जनाएको छ।

यी उद्योगहरूले तिर्न बाँकी रकममध्ये जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवमको ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

उक्त बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको थप महसुल हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा समेत उद्योगहरूलाई बक्यौता बुझाउन सहज होस् भनेर काउन्टर खुला गरिएको जानकारी दिए। उनका अनुसार, “उद्योगहरूले किस्ताको सुविधा लिएर पहिलो किस्ता बुझाएमा काटिएको लाइन पुनः जडान गरिनेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट