Techie IT
२०८३ जेष्ठ ६, बुधबार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य झण्डै ७ प्रतिशतले गिरावट


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ। मङ्गलबार र बुधबार गरी दुई दिनमै सुनको मूल्यमा झण्डै ७ प्रतिशत गिरावट देखिएको छ।

सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार २६७ अमेरिकी डलरसम्म पुगेको थियो। मङ्गलबार बजार खुल्दा मूल्य ४ हजार ३६६ डलरमा कारोबार भएको थियो। तर, अन्त्यमा सुन ५ हजार १२५ डलरसम्म झरेको देखिएको छ, जुन करिब ५.२९ प्रतिशतको गिरावट हो।

बुधबार बजार खुलेपछि प्रतिऔंस ४ हजार १२४ डलरमा कारोबार सुरु भएको सुन यो समाचार तयार पार्दासम्म १.५२ प्रतिशतले घटेर ४ हजार ६४ डलरमा झरेको छ।

नेपालमा भने तिहारको सार्वजनिक बिदाका कारण सुनको नयाँ मूल्यदर तोकिएको छैन। तर, अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटका आधारमा हेर्दा नेपालमा सुनको मूल्य झण्डै १५ हजार रुपैयाँभन्दा बढीले सस्तो हुने अनुमान गरिएको छ।

विश्लेषकहरूले हाल सुन सस्तो हुनुको मुख्य कारण विश्व राजनीतिमा देखिएको तुलनात्मक स्थिरतालाई मानेका छन्।

केही दिनअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियार सहायता माग्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका थिए। तर, ट्रम्पले युद्ध अन्त्यका लागि “अब मर्न र मार्न बन्द गर्नुपर्छ” भन्ने सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यही राजनीतिक स्थिरताको संकेतले लगानीकर्ताहरूको ध्यान सुनबाट हट्दै गएपछि मूल्यमा अल्पकालीन गिरावट आएको विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट