Techie IT
२०८२ मंसिर २६, शुक्रबार

जेनजी आन्दोलनको असरः पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द


काठमाडौंको बौद्धस्थित अन्तर्राष्ट्रिय होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द गरिएको छ। गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि होटलले आफ्नो सेवा स्थगित गरेको हो।

होटलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ चौधरीद्वारा शुक्रबार जारी सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षासम्बन्धी संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “होटल मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षासम्बन्धी संवेदनशीलतालाई मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएको सम्पूर्ण व्यावसायिक सेवा स्थगित गरिएको छ। यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भइसकेको छ र होटलमा कार्यरत सम्पूर्ण श्रमिकलाई अर्को सूचना जारी नभएसम्म वा अन्य निर्णय नभएसम्म होटल परिसरमा उपस्थित नहुन अनुरोध गरिएको छ।”

होटल मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न भएपछि मात्र पुनः सञ्चालनबारे निर्णय लिइने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट