Techie IT
२०८३ भाद्र २७, शनिबार

घट्दो क्रममा रहेको सुनको भाउ आज पुनः बढ्यो


लगातार घट्दै आएको सुनको मूल्य शुक्रबार बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला दुई हजार सात सय रुपैयाँले सुन महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने यसको मूल्य दुई लाख ३६ हजार तीन सय रुपैयाँ मात्र थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलाको दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ८० रुपैयाँले बढ्दै तीन हजार ६० रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार नौ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट