Techie IT
२०८२ कार्तिक २१, शुक्रबार

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो


आज शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोही दिन पनि ६ सय रुपैयाँले बढेको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड उच्चतामा पुगेको थियो।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर आज ३ हजार २० रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी यसअघि असोज ३१ गते ३ हजार ३५० रुपैयाँको रेकर्ड उच्चतामा पुगेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट