Techie IT
२०८२ फागुन २६, मंगलबार

असोजको भारी वर्षाले कृषि क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि र पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

मन्त्रालयका अनुसार कृषि बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजनतर्फ ठूलो क्षति पुगेको हो। मन्त्रालय मातहतका सबै प्रदेशका कृषि कार्यालयहरूले स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण संकलन गरेका हुन्।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार बाढी–पहिरोबाट प्रभावित किसानलाई राहत, बिमा सहजीकरण र सहयोगका कार्यक्रमका लागि मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्ने तयारी गरेको छ।

उनका अनुसार खेतमा काटेर राखिएको धान पानीमा भिजेर कुहिएको छ भने धानबालीमा क्षति पुगेका कारण यस वर्षको उत्पादनमा कमी आउने अनुमान गरिएको छ। काटेको धान उठाउन नपाएकाले किसानले ठूलो क्षति व्यहोर्नु परेको बताइएको छ।

जोशीका अनुसार मन्त्रालयसँग पर्याप्त बजेट नभएकाले प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट प्रभावित किसानलाई सहयोग प्रदान गरिनेछ। साथै, क्षतिको विस्तृत विश्लेषणका लागि मन्त्रालयले कार्यदल गठन गरेको छ।

उनले थपे, ‘क्षतिको तथ्यांकका आधारमा आगामी दिनमा जोखिम न्यूनीकरण र सतर्कताका उपायहरूबारे अध्ययन अनुसन्धान गरी विस्तृत योजना तयार गरिनेछ।’



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट