जेनजी आन्दोलनपछि तरलता बढ्दा बैंकहरूले निक्षेप ब्याजदर घटाए, हेर्नुहोस् कुन बैंकको कति ब्याजदर
अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। जेनजी आन्दोलनपछि लगानीमा आएको खड्किएको मागका कारण बैंकहरूमा ११ खर्बभन्दा बढी लगानीयोग्य तरलता जमीएको छ। अर्थतन्त्रमा तत्काल सुधारको संकेत नदेखिएपछि बैंकहरूले कात्तिक महिनाको तुलनामा निक्षेप ब्याजदर थप घटाएका हुन्।
वाणिज्य बैंकहरूले प्रकाशित गरेको नयाँ दरअनुसार मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२६ प्रतिशत बिन्दुले घटेको छ। २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने बाँकीले यथावत राखेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ५.०३ प्रतिशतमा झरेको छ, जुन कात्तिकमा ५.२० प्रतिशत थियो। यो ०.१७ प्रतिशत बिन्दुले कम हो।
सबैभन्दा धेरै कटौती एनआईसी एशिया, हिमालयन र सिद्धार्थ बैंकले गरेका छन् । कर्जाको माग कमजोर हुँदै गएपछि बैंकहरूले निक्षेपको लागत घटाउन थालेका छन्। मंसिर महिनाका लागि सबैभन्दा ठूलो कटौती गर्नेमा एनआईसी एशिया, हिमालयन बैंक र सिद्धार्थ बैंक छन्।
एनआईसी एशिया बैंक: ५.७५% → ५.००% (०.७५% कटौती)
हिमालयन बैंक: ६.००% → ५.५०% (०.५०% कटौती)
सिद्धार्थ बैंक: ५.५०% → ५.००% (०.५०% कटौती)
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.३० प्रतिशतले कटौती गर्दै ५.००% बाट ४.७०% कायम गरेको छ, जुन मंसिर महिनामा व्यक्तिगत मुद्दतीमा तोकिएको सबैभन्दा कम दर हो।
अन्य बैंकहरूको दर
प्राइम बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक — ०.२५% कटौती
प्राइम, सिटिजन्स: ४.७५%
कृषि विकास: ४.९५% → ४.७०%
नेपाल एसबिआई, नबिल बैंक — ०.२०% कटौती
सानिमा बैंक — ०.१५% कटौती
कुमारी बैंक — ५.०१% → ४.९१% (०.१०% कटौती)
ब्याजदर नघटाएका बैंकहरू
९ बैंकहरूले भने कात्तिक महिनाकै ब्याजदरलाई मंसिरमा पनि जस्ताको तस्तै राखेका छन्।
ग्लोबल आइएमई बैंकले ६.००% अधिकतम ब्याजदर कायम राखेको छ, जुन मंसिर महिनाको सबैभन्दा उच्च दर हो।
राष्ट्रिय वाणिज्य बैंक: ५.५०%
नेपाल बैंक: ५.२५%
माछापुच्छ्रे, एनएमबि, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज: ५.००%
प्रभु बैंक: ५.२५%



तपाईको प्रतिक्रिया दिनुहोस