Techie IT
२०८२ मंसिर ३, बुधबार

आजदेखि अण्डाको मूल्य घट्यो


आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाइएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ। सङ्घको मंगलबार बसेको कार्यसमिति बैठकले उत्पादन र बजारस्थितिबारे छलफल गर्दै मूल्य समायोजन गरेको हो।

सङ्घका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्यअनुसार ठूलो अण्डाको प्रति क्रेट ४५० रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट ४३५ रुपैयाँ पर्ने छ। त्यस्तै सानो अण्डाको प्रति क्रेट २६० रुपैयाँ पर्ने भएको छ।

यसअघि ठूलो अण्डाको प्रति क्रेट ५०० रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट ४५० रुपैयाँ रहेको सङ्घले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट