Techie IT
२०८२ मंसिर ३, बुधबार

जेन–जी आन्दोलनबाट ८० अर्ब २२ करोडको भौतिक क्षति, निजी क्षेत्रमा सबैभन्दा बढी असर


भदौ २३, २०८२ मा जेनजी आन्दोलनकारीले जलाइएको संसद भवनको प्रवेशद्वार

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा करिब सवा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। अर्थ मन्त्रालयमा पेस गरिएको प्रारम्भिक विवरण अनुसार प्रदर्शनका कारण देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थानहरूमा गरी कुल ८० अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो।

क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माण अध्ययन उपसमितिले मङ्गलबार अर्थ मन्त्रालयमा भएको छलफलमा यो विवरण पेस गरेको हो। सरकारले यसअघि करिब १ खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरे पनि उपसमितिको प्रतिवेदनले सो अनुमानभन्दा करिब २० अर्ब कम क्षति देखाएको छ।

निजी क्षेत्रलाई सर्वाधिक मार प्राप्त विवरण अनुसार कुल क्षतिमध्ये सबैभन्दा ठुलो हिस्सा निजी क्षेत्रले बेहोरेको छ।

निजी क्षेत्र: ३९ अर्ब रुपैयाँ

सङ्घीय सरकार: २८ अर्ब रुपैयाँ

स्थानीय तह: ९ अर्ब रुपैयाँ

प्रदेश सरकार: ४ अर्ब रुपैयाँ

उपसमितिका अनुसार क्षतिको पूर्ण विवरण आउने क्रम अझै जारी छ। यद्यपि, अब थपिने रकम अर्बमा नभई करोड वा लाखमा मात्र हुने भएकाले कुल क्षति ८० अर्बको हाराहारीमै रहने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट