विपद् उद्दारमा मृत्यु भएका सशस्त्र प्रहरीलाई बढुवा सहित पेन्सनको व्यवस्था गरिने
मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गर्दै विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भए एक तह बढुवा र पारिवारिक निवृत्तिभरण (पेन्सन) दिने व्यवस्था लागू गरेको छ।
यस निर्णयअनुसार अब विपद्मा खटिएका क्रममा मृत्यु भएमा, सम्बन्धित कर्मचारीको परिवारले उक्त सुविधा पाउनेछन्। सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार, यसले विपद्मा खटिने सुरक्षाकर्मीको मनोबल बढाउन मद्दत पुग्नेछ।
पहिले नियमावलीको नियम ७६ को उपनियम २ अनुसार मुठभेड, आक्रमण, विस्फोट वा हतियारधारी वा अन्य खतरनाक समूहविरुद्धको कारबाहीमा मृत्यु भएकालाई मात्र यस्तो सुविधा दिइने व्यवस्था थियो।
अबदेखि विपद्मा खटिएका बेला मृत्यु भए पनि कर्मचारीले बढुवा सहितको निवृत्तिभरण पाउनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस