Techie IT
२०८२ मंसिर २०, शनिबार

आजको तरकारी र फलफुलको मूल्य हेर्नुहोस्


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडामा नेपाली ठूलो प्रतिकिलो १०० रुपैयाँ, भारतीय ठूलो ११० रुपैयाँ, सानो लोकल ७५ रुपैयाँ, सानो टनेल ११० रुपैयाँ र सानो भारतीय ८२ रुपैयाँ तोकिएको छ। आलु वर्गमा रातो आलु ५० रुपैयाँ, भारतीय रातो ४५ रुपैयाँ, आलु सेतो ३७ रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकिलो ३२ रुपैयाँ कायम गरिएको छ।

यस्तै, गाजर (लोकल) १४० रुपैयाँ र तराई १३० रुपैयाँ तोकिएको छ। बन्दा लोकल ६५, तराई ५० र नरिवल बन्दा ५५ रुपैयाँमा बिक्री हुने छ। काउली स्थानीय ८० रुपैयाँ, स्थानीय (ज्यापु) ९० रुपैयाँ, तराई काउली ६० रुपैयाँ, रातो र सेतो मूला दुवै ६० रुपैयाँ र हाइब्रिड सेतो मूला ५० रुपैयाँ निर्धारण गरिएको छ। भन्टा लाम्चो ७०, डल्लो ८०, तने बोडी १७० र मकै बोडी ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

समितिका अनुसार मटरकोसा प्रतिकिलो १५० रुपैयाँ, घिउसिमी (लोकल र हाइब्रिड) दुवै १६० रुपैयाँ, राजमा घिउसिमी १०० रुपैयाँ र टाटे सिमी १४५ रुपैयाँमा उपलब्ध हुनेछन्। तिते करेला १३०, लौका ८०, परवर लोकल १००, तराई परवर ११०, घिरौँला १२०, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो ६०, डल्लो ७०, सलगम ११०, भिन्डी १२०, सखरखण्ड ८०, बरेला ८०, पिँडालु १०० र स्कुस ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

हरियो सागसब्जीमा रायो साग प्रतिकिलो ७०, पालुङ्गो १५०, चमसुर १५०, तोरीको साग ६० र मेथी साग १६० रुपैयाँ कायम छ। हरियो प्याज प्रतिकिलो ५०, बकुला १५०, तरुल ९०, च्याउ (कन्य) २२० र डल्ले च्याउ ३७० रुपैयाँ तोकिएको छ। कुरिलो १,१०० रुपैयाँमा केन्द्रीय थोक मूल्य निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ झोले प्रतिकेजी २५०, फुजी ३००, केरा प्रति दर्जन २२०, कागती १२०, अनार ४००, नेपाली सुन्तला ११०, तरबुजा १००, मौसम १०० र जुनार १२० रुपैयाँ कायम भएको छ। भुइँकटहर प्रतिगोटा १५५, काँक्रो लोकल ७५, हाइब्रिड ३५, निबुवा ६०, नास्पाती (चाइनिज) २३०, नेपाली मेवा ६०, भारतीय मेवा १००, अम्बा १२०, लप्सी ७०, स्ट्रबेरी/भुइँऐसुलु ५००, किबी ३००, सरिफा २५० र अवोकाडो ३०० रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी अमला प्रतिकेजी ८०, अदुवा ९०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ९० देखि २२० सम्म, भेडे खुर्सानी १५०, हरियो लसुन १००, हरियो धनियाँ १००, सुकेको लसुन (चाइनिज/नेपाली) २००, छ्यापी २२०, सुकेको माछा १,०००, ताजा माछा २५०–३४० रुपैयाँमा तोकिएको छ। त्यसैगरी, रूख टमाटर प्रतिकेजी १४०, राजा च्याउ ३००, सिताके च्याउ ९०० र काँक्रो लोकल क्रस ६० रुपैयाँ  मूल्य निर्धारण गरिएको समितिले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट