Techie IT
२०८२ मंसिर २०, शनिबार

आजको तरकारी र फलफूलको मूल्य हेर्नुहोस्


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडाको मूल्य प्रकारअनुसार फरक–फरक तोकिएको छ। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १०५, गोलभेँडा ठूलो (भारतीय) रु ११०, गोलभेँडा सानो (लोकल) रु ७८, सानो (टनेल) रु १००, सानो (भारतीय) रु ८० तथा सानो (तराई) प्रतिकिलो रु १०० कायम भएको छ। आलु रातो प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) रु ४५, आलु सेतो रु ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ तोकिएको छ।

यस्तै गाजर (लोकल) प्रतिकिलो रु १४०, गाजर (तराई) रु १३०, बन्दा (लोकल) रु ६५, बन्दा (तराई) रु ५०, बन्दा (नरिवल) रु ५५, काउली (स्थानीय) रु ७०, काउली (ज्यापु) रु ९०, काउली (तराई) रु ६०, रातो मूला रु ७०, सेतो मूला (लोकल) रु ३०, (हाइब्रिड) रु ५०, भन्टा लाम्चो रु ७०, भन्टा डल्लो रु ९०, तने बोडी रु १८० र मकै बोडी प्रतिकिलो रु ८० निर्धारण गरिएको छ।

त्यसैगरी मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) रु १७०, (हाइब्रिड) रु १६०, (राजमा) रु १००, टाटे सिमी रु १५०, तिते करेला रु १३०, लौका रु ८०, परवर (लोकल) रु १००, (तराई) रु ११०, घिरौँला रु १३०, फर्सी पाकेको रु ४०, हरियो फर्सी (लाम्चो) रु ६०, (डल्लो) रु ७०, सलगम रु ११०, भिन्डी रु १२०, सखरखण्ड रु ८०, बरेला रु ८०, पिँडालु रु १०० र स्कुस प्रतिकिलो रु ३० तोकिएको छ।

रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग रु १५०, चमसुर रु १५०, तोरीको साग रु ६०, मेथीको साग रु १६०, हरियो प्याज रु ६०, बकुला रु १५०, तरुल रु ९०, च्याउ (कन्य) रु २२०, च्याउ (डल्ले) रु ३८० र कुरिलो प्रतिकिलो रु १२०० कायम गरिएको छ।

फलफूलतर्फ ब्रोकाउली प्रतिकिलो रु १७०, चुकुन्दर रु १००, रातो बन्दा रु १८०, जिरीको साग रु ३००, सेलरी रु ५५०, पार्सले रु ६००, सौफको साग रु १५०, पुदिना रु ४००, गान्टेमुला रु ८०, इमली रु १८०, तामा रु १३०, तोफु रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु २२०, कागती रु ११०, अनार रु ४००, सुन्तला (नेपाली) रु ११०, तरबूजा (हरियो) रु १००, मौसम रु १००, जुनार रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) रु ७५, (हाइब्रिड) रु ५०, निबुवा रु ६०, नास्पाती (चाइनिज) रु २३०, मेवा (नेपाली) रु ६०, (भारतीय) रु १००, अम्बा रु १२०, लप्सी रु ७०, स्ट्रबेरी/भुइँऐसुलु रु ५००, किबी रु ३००, सरिफा रु २५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ।

मसला तथा अन्य वस्तुहरूको मूल्यमा अमला रु ८०, अदुवा रु ९०, सुकेको खुर्सानी रु ४२०, खुर्सानी हरियो रु ७०, (बुलेट) रु १००, (माछे) रु १४०, (अकबरे) रु २२०, भेडे खुर्सानी रु १५०, हरियो लसुन रु १००, हरियो धनियाँ रु १००, लसुन सुकेको (चाइनिज) रु २००, (नेपाली) रु २००, छ्यापी सुकेको रु २२०, छ्यापी हरियो रु १८०, माछा सुकेको रु १०००, ताजा माछा (रहु) रु ३४०, (बचुवा) रु २८०, (छडी) रु २५०, रूख टमाटर रु १४०, राजा च्याउ रु ३००, सिताके च्याउ रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ६० कायम गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट