Techie IT
२०८३ असार २५, बिहीबार

सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन


सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २१) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ मध्ये २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ अर्ब रुपैयाँ बराबरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका–७, ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानीयका लागि ४० प्रतिशत (४० लाख कित्ता) छुट्याइएको छ। त्यस्तै सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाका अन्य वडामा बस्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत (६० लाख कित्ता) शेयर दिइनेछ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ परेको छ। आयोजनाको विद्युत अनुमतिपत्रमा २५ वर्ष अवधि बाँकी छ। सामान्य अवस्थामा लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष र डिस्काउण्ट गरिएको अवस्थामा १२.०९ वर्ष रहने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो। स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा आयोजनास्थल तिङ्ला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम भर्ने क्रममा २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट