पेट्रोल महँगियो, डिजेल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ।
नयाँ मूल्य आजैदेखि लागू हुने निगमले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस