Money Exchange
फेरी बढ्यो डलरको भाउ, आज कतिमा हुँदै छ कारोवार हेर्नुहोस्
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । सोमबार अमेरिकी डलर १ को खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा थियो ।
यसअघि यही पुस २ गते अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च विनिमयदर हो ।
आज युरोपियन युरो १ को खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा तोकिएको छ । सोमबार युरो १ को खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा थियो ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा कायम गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा थियो ।
अस्ट्रेलियन डलर १ को खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर १ को खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा तथा सिंगापुर डलर १ को खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार कुवेती दिनार १ को खरिददर ४६५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ४९ पैसा छ । बहराइन दिनार १ को खरिददर ३७९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३८१ रुपैयाँ २७ पैसा कायम भएको छ ।
यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, चिनियाँ युआन १ को खरिददर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा, साउदी रियाल १ को खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा तथा कतारी रियाल १ को खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैंकले आवश्यकतानुसार यी विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस