Techie IT
२०८२ चैत्र १५, आइतबार

काँकरभिट्टा नाकाबाट पाँच महिनामा साढे सात अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात


चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वसमेत २.५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको उनले जानकारी दिए।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट कुल रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन गरिएको छ। सो अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्य बराबरको ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको छ।

त्यसैगरी, रु दुई अर्ब ५३ करोड १६ लाख मूल्य बराबरको २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ। साथै, पाँच महिनामा रु एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु ३२ करोड ८२ लाख मूल्यको तीन हजार ५८० किलोलिटर एटीएफ र रु छ करोड ३१ लाख मूल्यको ६८० किलोलिटर मट्टितेल आयात भएको तथ्याङ्कमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट