Techie IT
२०८३ कार्तिक १४, शुक्रबार

डीडीसीमा १२ करोडको घोटाला: पूर्वमहाप्रबन्धक झासहित ८ जना पक्राउ


सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा सङ्गठित रूपमा सञ्जाल खडा गरी १२ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार र आपराधिक विश्वासघात गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना उच्च कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पूर्वयोजनाअनुसार संस्थानलाई रु १२ करोड १३ लाख ४३ हजार ५३० हानि पुर्‍याएको कसुरमा शुक्रबार उनीहरूलाई देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सर्लाही घर भई हाल लैनचौरस्थित संस्थानका प्रशासन तथा व्यवस्थापन विभाग प्रमुख ४५ वर्षीय तत्कालीन महाप्रबन्धक सञ्जिव झा, सिम्ले चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज हाल बालाजुका जुनियर टेक्निकल असिस्टेन्ट ४६ वर्षीय विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज ५५ वर्षीय मनहरी शर्मा र चनौलि चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज ४९ वर्षीय रामकेवल राय रहेका छन्। 

यसैगरी, संस्थानका अन्य कर्मचारीहरू २८ वर्षीय जितेन्द्रकुमार यादव, ३२ वर्षीय नवीन राय यादव, ४६ वर्षीय शिवनन्दन राय र ४८ वर्षीय विखबहादुर भण्डारीलाई पनि सीआईबीले नियन्त्रणमा लिएको छ। सीआईबीका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार पक्राउ परेका सबै अभियुक्तविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको 'आपराधिक विश्वासघात' र 'सङ्गठित अपराध निवारण ऐन, २०७०' बमोजिम कडा कानुनी अनुसन्धान अघि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट