Techie IT
२०८२ पौष २४, बिहीबार

डलर फेरि महँगियो, हालसम्मकै उच्च बिन्दुमा अमेरिकी मुद्रा


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। तोकिएको दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लाग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ १५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७५ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ४० पैसा र बिक्रीदर १६९ रूपैयाँ १० पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९४ रूपैयाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८१ रूपैयाँ ३० पैसा र बिक्रीदर १८२ रूपैयाँ ०५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ७० पैसा र बिक्रीदर १०५ रूपैयाँ १३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रूपैयाँ ४६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ २० पैसा र बिक्रीदर ९ रूपैयाँ २४ पैसा कायम गरिएको छ। चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ६४ पैसा र बिक्रीदर २० रूपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५९ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७१ पैसा रहेको छ।

यस्तै, थाई भाट एकको खरिददर ४ रूपैयाँ ६० पैसा र बिक्रीदर ४ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५४ पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ कायम भएको छ।

स्विडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६३ पैसा र बिक्रीदर १५ रूपैयाँ ६९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ५४ पैसा र बिक्रीदर २२ रूपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८ रूपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४७१ रूपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३८३ रूपैयाँ ९८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रूपैयाँ ९८ पैसा कायम गरिएको छ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने पनि जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट