Techie IT
२०८२ माघ २५, आइतबार

अण्डाको मूल्यमा भारी गिरावट: ठूलो अण्डा प्रतिक्रेट कति पुग्यो


नेपालमा अण्डाको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको जानकारी दिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, देशमा अण्डाको उत्पादन बढेपछि र त्यही समयमा भारतबाट पनि अण्डा आयात भएको कारण मूल्यमा ठूलो गिरावट आएको हो।

अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रुपैयाँमा बिक्री भइरहेको थियो। माघ ११ मा ठूलो अण्डाको मूल्य ४९५ र मिडियम ४७५ रुपैयाँ पुगेको थियो।

गत मङ्सिरमा अण्डाको मूल्य उच्चतममा पुगेको थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ र मझौला ५५० रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो।

पोखरेलका अनुसार भारतीय सेतो अण्डा बढी भित्रिएको र उत्पादन बढेको कारण स्थानीय अण्डाले बजारमा मूल्य पाउन सकिरहेको छैन। सङ्घले भारतीय अण्डा रोक्न सरकारसँग निरन्तर माग गर्दै आएको छ।

अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ। यस आधारमा प्रतिक्रेटको लागत मूल्य ५७४ रुपैयाँ ३५ पैसा पुग्छ। लागत मूल्य नजिक पुगेको अवस्थामा मूल्य घटेपछि किसानहरू निराश भएका छन्।

सङ्घले देशभरका फार्मको मूल्य अध्ययन गरी चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य तोक्ने गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट