९ अर्ब ३५ करोड लगानी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले एक वर्षअवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरेको छ।
बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको रूपमा उक्त रकम राख्ने तयारी गरेको जनाएको छ। इच्छुक बैंक र वित्तीय संस्थाहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन्।
राष्ट्रिय बैंकले वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड, विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि ४६ करोड ७५ लाख रूपैयाँ छुट्याएको छ।
निक्षेपका लागि तोकिएका सर्तअनुसार बैंक तथा वित्तीय संस्थाको एनपीएल ८ प्रतिशतभन्दा बढी हुन नहुने, कम्तीमा दुई वर्ष सञ्चालनमा रहिसकेको, न्यूनतम कुल पुँजीकोष कायम, समयअनुसार खुद तरल सम्पत्ति अनुपात कायम, निक्षेप अनुपात तोकिएको सीमा भित्र, अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको, र सुधारात्मक कारवाहीमा परेको भए कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने छ।
साथै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख अनुसार समस्याग्रस्त घोषणा नभएको वा फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भइसकेको जस्ता अन्य सर्त पनि लागू गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस