Techie IT
२०८२ फागुन ४, सोमबार

नेप्से ८.१६ अंकले घट्यो, कारोबार ७.९४ अर्बमा सीमित


Representation Image

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा झरेको छ। सार्वजनिक बिदापछि साताको पहिलो दिन खुलेको बजार सुरुदेखि नै घट्दो क्रममा रह्यो।

आज ३३५ कम्पनीका १ करोड ९६ लाखभन्दा बढी कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा कारोबार भएको छ। कुल १६३ कम्पनीको सेयर मूल्य घट्दा ८६ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अपर स्याङ्गे हाइड्रो र गणपति लघुवित्तका लगानीकर्ताले क्रमशः ८.१८ र ५.९६ प्रतिशत नाफा कमाएका छन्। खानीखोला हाइड्रोपावर भने ८.१८ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनी बन्यो।

समूहगत सूचकमा फाइनान्स, होटल र उत्पादनमूलक बाहेक अधिकांश समूह घटेका छन्। हाइड्रो समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा रुरु जलविद्युत् परियोजना ६५ करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो। आँखुखोला जलविद्युत् र ङादी ग्रुप पावरको पनि उच्च कारोबार भएको छ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बजारमा रौनक घटेको विश्लेषण गरिएको छ। सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन तय गरेको छ। चुनावी माहोलका कारण लगानीकर्तामा बिक्री चाप बढेको र निर्वाचनअघि बजारमा ठूलो सुधारको सम्भावना कम रहेको ब्रोकरहरूको भनाइ छ। निर्वाचन परिणामपछि बजारले नयाँ दिशा लिन सक्ने आकलन गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट