बढ्यो सुनको मूल्य, कतिमा हुदैँ छ आज कारोवार?
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। गत शुक्रबारको तुलनामा सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले र चाँदी प्रतितोला २४५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २७८ अमेरिकी डलरमा र सोही परिमाणको चाँदी ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव स्थानीय बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस