Techie IT
२०८२ चैत्र ४, बुधबार

नेपाली बजारमा सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोवार?


नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार प्रतितोला सुनको भाउ २ हजार २०० रुपैयाँले घटेको छ।

मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम गरिएको छ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा नेपालमा पनि सुन–चाँदीको भाउ नियमित रूपमा घटबढ हुने गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट