Techie IT
२०८२ चैत्र १२, बिहीबार

कालीमाटी बजारको तरकारी र फलफूलको मूल्य हेर्नुहोस्


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। नयाँ मूल्यसूचीअनुसार केही तरकारीको मूल्य सस्तो देखिए पनि च्याउ, कुरिलोलगायतका वस्तु महँगा रहेका छन्।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ४५ रुपैयाँ र गोलभेँडा सानो (तराई) ५० रुपैयाँ कायम गरिएको छ। आलु रातो २० रुपैयाँ, आलु (भारतीय) २२ रुपैयाँ तथा प्याज (भारतीय) ३६ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

तरकारीतर्फ गाजर (लोकल) ४० रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा २५–३० रुपैयाँ, काउली ६५ देखि ९० रुपैयाँ, सेतो मूला २०–३० रुपैयाँ तथा भन्टा ६० देखि ७५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

यसैगरी, बोडी १६० रुपैयाँ, घिउ सिमी १००–१२० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, तिते करेला १६० रुपैयाँ, लौका १०० रुपैयाँ, घिरौँला १२० रुपैयाँ र भिन्डी १५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

हरियो सागसब्जीतर्फ पालुङ्गो ११० रुपैयाँ, रायोसाग ८० रुपैयाँ, तोरीसाग ५० रुपैयाँ, मेथी ११० रुपैयाँ तथा हरियो प्याज ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ। च्याउमध्ये कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।

विशेष तरकारीतर्फ कुरिलो ५०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, पार्सले २०० रुपैयाँ, सेलरी १२० रुपैयाँ र पुदिना १२० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) ३०० रुपैयाँ, केरा (दर्जन) २२० रुपैयाँ, कागती २५० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर २२०–३५० रुपैयाँ, सुन्तला १५० रुपैयाँ तथा किबी र एभोकाडो ४०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

मसला तथा अन्य वस्तुमा अदुवा ११० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ, हरियो खुर्सानी ८०–८०० रुपैयाँ, लसुन २००–२५० रुपैयाँ, गुन्द्रुक ३२० रुपैयाँ र ताजा माछा २५० देखि ३५० रुपैयाँ प्रतिकिलोसम्म निर्धारण गरिएको छ।

समितिले बजारको माग र आपूर्तिअनुसार मूल्यमा दैनिक उतारचढाव हुन सक्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट