Techie IT
२०८२ चैत्र १८, बुधबार

बढेर आयो तेलको मूल्य, कतिमा हुदैँ छ कारोवार?


भारतीय आयल कर्पोरेसनले नेपाललाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको खरिद दरमा भारी वृद्धि भएको छ। यसले नेपालमा इन्धन बजारमा ठूलो दबाब सिर्जना गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वाभाविक उछालका कारण यसपटक नेपालका लागि पठाइएको नयाँ दरमा उल्लेखनीय वृद्धि देखिएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँसम्म मूल्य बढेर आएको छ, जुन अहिलेसम्मकै उच्च वृद्धिमध्ये एक मानिएको छ।

विशेषगरी डिजेलमा देखिएको ९४ रुपैयाँको उछालले नेपाल आयल निगमलाई ठूलो आर्थिक दबाबमा पारेको छ। यति ठूलो दरले मूल्य बढेर आए पनि नेपाली बजारमा भने हालसम्म पुरानै मूल्य कायम राखिएको छ।

निगमले तत्काल उपभोक्तालाई थप भार नपार्ने नीति लिँदै मूल्य नबढाउने निर्णय गरेको जनाएको छ। यसका लागि मूल्य स्थिरीकरण कोष र सञ्चित नाफाको उपयोग गरेर बजार सन्तुलन कायम राख्ने रणनीति अपनाइएको छ।

यद्यपि, लामो समयसम्म यस्तो अवस्था कायम राख्न कठिन हुने विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट