Techie IT
२०८२ चैत्र १९, बिहीबार

राजश्व चुहावट रोक्न अर्थमन्त्री कडा कदम चाल्दै


अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रण गर्न उच्चस्तरीय छलफल आह्वान गरेका छन्। वैठक अहिले बिहान ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार बैठक करिब एक घण्टा चल्नेछ। अर्थमन्त्री वाग्लेको अध्यक्षतामा हुने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरू सहभागी हुनेछन्।

त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूका साथै राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयअन्तर्गतका महाशाखा तथा विभागीय प्रमुखहरू पनि बैठकमा उपस्थित रहनेछन्।

राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयन प्रभावकारी बनाउने विषयमा अर्थमन्त्री वाग्लेले बैठकमा कडा निर्देशन दिने तयारी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट