Techie IT
२०८३ वैशाख ३, बिहीबार

कालीमाटी बजारमा तरकारी तथा फलफूलको नयाँ थोक मूल्य सार्वजनिक (सूचीसहित)


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी तथा फलफूलको मूल्य वस्तु र उत्पत्तिका आधारमा फरक–फरक कायम गरिएको छ।

आजको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, सानो (लोकल) ४० रुपैयाँ, सानो (भारतीय) ४० रुपैयाँ र सानो (तराई) ५० रुपैयाँ तोकिएको छ। त्यस्तै, रातो आलु प्रतिकिलो २४ रुपैयाँ र प्याज (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ।

अन्य तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ३५ रुपैयाँ, बन्दा ५० रुपैयाँ, काउली ६० रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, भन्टा ६५ देखि ७० रुपैयाँसम्म निर्धारण गरिएको छ। सिमी वर्गमा बोडी र मटरकोसा १०० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँदेखि १२० रुपैयाँसम्म, भटमास कोसा ३०० रुपैयाँ र करेला प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, लौका प्रतिकिलो ४० रुपैयाँ, घिरौँला ५० रुपैयाँ, फर्सी ४० देखि ६० रुपैयाँ, भिन्डी ९० रुपैयाँ, सखरखण्ड ७५ रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस ६० रुपैयाँमा कारोबार भइरहेको छ। सागपाततर्फ पालुङ्गो, चमसुर र मेथी प्रतिकिलो ११० रुपैयाँ, तोरीसाग ४० रुपैयाँ तथा हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ।

च्याउतर्फ कन्य च्याउ प्रतिकिलो १९० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ निर्धारण गरिएको छ। विशेष तरकारीमा कुरिलो ४५० रुपैयाँ, कोइरालो ३२० रुपैयाँ र सेलरी प्रतिकिलो १४० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ स्याउ प्रतिकिलो २५० देखि ३२० रुपैयाँ, अनार ३८० रुपैयाँ, अङ्गुर २३० देखि ३५० रुपैयाँ, सुन्तला १६० रुपैयाँ, तरबुजा ४५ रुपैयाँ र किबी ४०० रुपैयाँ निर्धारण गरिएको छ। साथै, एभोकाडो ८०० रुपैयाँ, अदुवा प्रतिकिलो १०० रुपैयाँ, हरियो खुर्सानी प्रतिकिलो ८० देखि १०० रुपैयाँ र लसुन प्रतिकिलो १४० देखि २२० रुपैयाँसम्म कायम गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट