अमेरिकी डलरको मूल्य फेरि बढ्यो, हेर्नुहोस् आज कतिमा हुदै छ कारोवार
नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको मूल्य बढ्दै एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा पुगेको छ। अघिल्लो दिनको तुलनामा डलरमा उल्लेख्य वृद्धि देखिएको हो।
यस्तै, युरोपियन युरो पनि महँगिँदै खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा कायम भएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा तोकिएको छ भने स्विस फ्र्याङ्क खरिदमा १९१ रुपैयाँ ६७ पैसा र बिक्रीमा १९२ रुपैयाँ ४४ पैसा पुगेको छ।
अन्य मुद्रातर्फ क्यानेडियन डलर खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर भने स्थिर रहँदै खरिदमा १०७ रुपैयाँ २० पैसा र बिक्रीमा १०७ रुपैयाँ ६३ पैसा कायम छ।
एशियाली मुद्रामा जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको छ। चिनियाँ युआन खरिदमा २१ रुपैयाँ ९५ पैसा र बिक्रीमा २२ रुपैयाँ ०४ पैसा पुगेको छ। साउदी रियाल, कतारी रियाल, युएई दिराम लगायतका मुद्रामा पनि सामान्य उतारचढाव देखिएको छ।
यसैगरी, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियाल जस्ता उच्च मूल्यका मुद्राहरू पनि उच्च दरमै कायम रहेका छन्। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस