Techie IT
२०८३ भाद्र २६, शुक्रबार

२४ घण्टामा २,४९२ चालक कारबाहीमा, ट्राफिक जरिवानाबाट ५ लाखभन्दा बढी राजस्व संकलन


काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा २ हजार ४९२ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा ५ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २७५ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १४५ जना र तीव्र गतिमा सवारी चलाउने १८३ जनालाई कारबाही गरिएको हो।

यसैगरी ‘लेन’ अनुशासन उल्लङ्घन गर्ने ९६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७५ जना, तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ५९ जना तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार ४१३ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट