डलरको भाउ बढ्यो, आज कतिमा हुदै छ कारोवार हेर्नुहोस्
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा कायम गरिएको छ। शनिबार डलरको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा थियो भने त्यसअघिका दिनहरूमा पनि क्रमशः वृद्धि हुँदै आएको देखिन्छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा तोकिएको छ।
अन्य मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा (बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा), क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा (बिक्रीदर ११० रुपैयाँ ३९ पैसा) र सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९५ पैसा (बिक्रीदर ११८ रुपैयाँ ४२ पैसा) कायम गरिएको छ।
जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०१ पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा तोकिएको छ। साथै, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेटलगायत अन्य मुद्राहरूको दर पनि अद्यावधिक गरिएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालजस्ता उच्च मूल्यका मुद्राहरूको दर पनि उच्च स्तरमै कायम रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन हुनसक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने जनाउँदै अद्यावधिक विवरण केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस