२४ घण्टामा २,१११ चालक कारबाहीमा, पाँच लाख ६५ हजार राजस्व संकलन
बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २,१११ चालक ट्राफिक कारबाहीमा परेका छन्। यस अवधिमा राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १८४, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १०३ र तीव्र गतिमा सवारी चलाउने २२२ जनालाई कारबाही गरिएको हो।
यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने १३८, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, सडक पेटीमा पार्किङ गर्ने ८६, तोकिएको स्थानबाहिर यात्रु चढाउने–ओराल्ने ४२ तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १,१६० जनामाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस