Techie IT
२०८३ भाद्र २६, शुक्रबार

सुनको मूल्य घट्यो, कतिमा हुदै छ कारोवार ?


नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घट्दा चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन (शुक्रबार) तोलामा रु ३,४०० ले बढेको सुन आज प्रतितोला रु १,००० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला रु २ लाख ९५ हजार १०० मा किनबेच भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला रु २ लाख ९६ हजार १०० मा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने उकालो लागेको छ। शुक्रबार प्रतितोला रु ४,९४५ मा कारोबार भएको चाँदी आज बढेर प्रतितोला रु ५,०१० पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला रु ६५ ले वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४,६१६ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ, जसले स्थानीय बजारमा पनि प्रभाव पारिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट