Techie IT
२०८३ वैशाख २२, मंगलबार

नेप्से सामान्य बढ्यो, कारोबार भने घट्यो: जलविद्युतमा चमक, माइक्रोफाइनान्समा गिरावट


मंगलबार नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक सामान्य सुधारसहित हरियो देखिएको छ। नेप्से ८.७८ अंकले बढ्दै २७१२.८६ विन्दुमा बन्द भएको हो।

यद्यपि, सूचक बढे पनि कारोबार रकम भने खुम्चिएको छ। सोमबार ४ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार घटेर ३ अर्ब ४३ करोड रुपैयाँमा सीमित रह्यो।

यसदिन ३३५ वटा धितोपत्रका ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच भए। बजारमा १६२ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनी घटेका छन् भने १६ कम्पनीको मूल्य स्थिर रहेको छ।

मंगलबार अपर लोहोरे खोला हाइड्रोपावर को सेयर मूल्य सर्वाधिक ११.१६ प्रतिशतले उकालो लाग्दै प्रतिकित्ता ५३८ रुपैयाँ पुगेको छ। यस्तै, सोलु हाइड्रोपावर को मूल्य ७.५६ प्रतिशतले बढेर ७१८ रुपैयाँ ५० पैसामा कायम भयो।

विपरीततर्फ, फरवार्ड माइक्रोफाइनान्स का लगानीकर्ताले सबैभन्दा ठूलो गिरावट बेहोरे। कम्पनीको सेयर मूल्य ९.३२ प्रतिशतले घट्दै ११४३ रुपैयाँमा झर्यो। साथै सुपर खुदी हाइड्रोपावर को मूल्य पनि ३.१३ प्रतिशतले घटेर ९३० रुपैयाँमा सीमित भयो।

कारोबारका हिसाबले सोलु हाइड्रोपावर अग्रस्थानमा रह्यो। यस कम्पनीको ७१८ रुपैयाँ ५० पैसामा २३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। दोस्रो स्थानमा रिलायन्स स्पिनिङ मिल्स रह्यो, जसको ३७५० रुपैयाँमा १२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ, कारोबारमा आएका १३ समूहमध्ये ७ समूह उकालो लाग्दा ६ समूह ओरालो लागेका छन्। यसमध्ये जलविद्युत समूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दै अग्रणी बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट